

काठमाडौँ । विश्वकप लिग–२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने लिग–२ शृंखलाको तयारीका लागि भन्दै ५२ खेलाडीलाई ‘कोर क्याम्प’मा राखेको हो।
क्यानले पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो। क्यानले यी खेलाडीलाई निलो, हरियो, रातो र पहेँलो गरि चार समूहमा विभाजन गरेको छ।
क्यानका अनुसार प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा खेलाडीबीच अभ्यास खेल सञ्चालन गरी अन्तिम टोली छनोट गरिनेछ। प्रशिक्षण र अभ्यास अप्रिल २६ देखि मे ३ तारिखसम्म मूलपानी मैदानमा हुनेछ।
क्यानले सार्वजनिक गरेको निलो टोलीमा रोहितकुमार पौडेल कप्तान, गुलशनकुमार झा, करण केसी, प्रज्वल थापा विकेटकिपर, सन्दीप जोरा, कुशल मल्ल‚ देव खनाल, अनिलकुमार साह विकेटकिपर, शाकिब हक, सूर्य तामाङ, दिपेशप्रसाद कँडेल र युवराज खत्री रहेका छन्।
हरियो टोलीमा आसिफ शेख कप्तान तथा विकेटकिपर, सोमपाल कामी, इशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलीप नाथ विकेटकिपर, विवेककुमार यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ल, रसिद खान र सन्तोष यादव छन्।
रातो टोलीमा सन्दीप लामिछाने कप्तान, आरिफ शेख, भीम सार्की, प्रतिश जिसी, अर्जुन साउद विकेटकिपर तृतराज दास, शुभ कंसाकार, साहब आलम, बसिर अहमद, लोकेश बम, नन्दन यादव, आकाश चन्द र नरेन भट्ट छन्।
पहेँलो टोलीमा दीपेन्द्रसिंह ऐरी कप्तान, कुशल भुर्तेल, ललितनारायण राजवंशी, विनोद भण्डारी विकेटकिपर, मायन यादव, सुजन थपालिया, अर्जुन घर्ती विकेटकिपर, किरण ठगुन्ना, अविनाश बोहरा, रुपेशकुमार सिंह, कमलसिंह ऐरी, विशाल पटेल र दीपेन्द्र रावत रहेका छन्। filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |