

धादिङ। धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि वैशाख १३ गतेदेखि हुने भएको छ।
जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सदरमुकाम धादिङबेशीमा यहि वैशाख १३ गतेदेखि १५ गतेसम्म १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले बागमती कलमलाई जानकारी दिनुभयो।
यसअघि बैशाख ११ गतेबाट सुरु हुने भनिएको रनिङ शिल्ड कक्षा १२ को परिक्षालाई मद्यनजर गर्दै स्थगित भएको थियो।
आजदेखि हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी सारेसंगै १३ गतेदेखि रनिङ शिल्ड गर्ने निर्णय गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।
प्रतियोगितामा सहभागि हुन जिल्लाको १३ वटै पालिकालाई पत्राचार गरि सकिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रमेशमान तुलाधरले बताउनुभयो।
गंगाजमुना गाउँपालिका बाहेक सबै पालिकाले स्थानीय स्तरको रनिङ शिल्ड गरेको भएपनि शिक्षकहरूको आन्दोलनका कारण १३ गतेबाट हुने जिल्ला स्तरीयमा कति पालिका सहभागी हुन्छन् भन्ने एकिन नभएको अध्यक्ष तामाङले बताउनुभयो।
बागमती प्रदेश खेलकुद विकास परिषद्ले यहि बैशाख १५ गतेभित्र खेलाडी छनोट गरि पठाउन निर्देशन दिएसंगै आकस्मिक रूपमा १३ गतेबाट प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष तामाङको भनाइ छ।
समय कम भएकोले प्रतियोगितामा उद्घाटन समारोह नहुने उहाँको भनाइ छ।
यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई प्रदेश स्तरीय प्रतियोगितामा खेल्न जान ट्रयाक सुट र किट प्रदान गरिने बताउनुभयो।
गत वर्ष सम्पन्न भएको १३ औं जिल्ला स्तरीय प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको थियो।
बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यहि बैशाख महिनामा संचालन हुने बागमती प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ।
यस्तो छ,खेलकुद विकास समितिले पालिकाहरुलाई गरेको पत्राचार






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |