

काठमाण्डौ । हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र लाओससँगको एएफसी एशियन कप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ।
राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङ र लाओससँगको खेलका लागि आज ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
नेपालले हङकङसँग जुन ५ मा मैत्रीपूर्ण खेल र एशियन कप छनोटमा जुन २० मा लाओससँग खेल्दैछ ।
नेपालले ३७ वर्षपछि हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।यस्तै नेपालले पछिल्लो पटक गएको मार्च २५ मा एशियन कप छनोटमा घरेलु टोली मलेशियासँग खेलेको थियो ।
नेपाली टोलीमा अभिषेक लिम्बु, अमृत श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, अञ्जल श्रेष्ठ, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकीपर), दीप कार्की (गोलकीपर), जिलेस्पी जङ्ग कार्की, किरण चेम्जोङ (गोलकीपर), कृतिश छुन्जु, कुलदीप कार्की, कुशल देउवा, लेकेन लिम्बु, मनिकुमार लामा, मनिष डाँगी, निरञ्जन धामी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सन्तोष खत्री, सृजन राई, सुदीप गुरुङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरज ज्यु ठकुरी, सुवास ठकुरी बम र योगेश गुरुङ रहेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |