

काठमाडौं । विश्वकप लिग टु अन्तरगत त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदैछ। नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्ड सहभागी सिरिजमा नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ।
खेल नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे सुरु हुनेछ।
नेपाली राष्ट्रिय टोली ७ महिनाको लामो विश्रामपछि फेरि एकदिवसीय मैदानमा फर्किंन लागेको हो।
गत कार्तिकमा अमेरिका पुगेको नेपालले डालसको ग्राण्ड पेरी मैदानमा चार खेलको सिरिज खेलेको थियो। त्यहाँ अमेरिका र स्कटल्याण्डसँग खेल्दा एउटा खेल जितेको थियो भने एउटामा अंक बाँडेको थियो।
नेपाली टोली दुई खेल हारेर स्वदेश फर्किएको थियो।१२ खेलमा २ जितका साथ ६ अंकसहित नेपाल तालिकाको पुछारमा छ।
स्कटल्याण्डले भने १६ खेलमा २० अंक जोड्दै चौथो स्थानमा छ।नेदरल्याण्ड्स २० खेलबाट २६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ।
सिरिजमा नेपालसहित स्कटल्याण्ड डिफेन्डिङ च्याम्पियन र नेदरल्याण्ड्स सुपर लिगबाट आएको बलियो टोली छ। नेपालले बुधबार नेदरल्याण्डसँग खेल्नेछ।
यस्तै नेपालले स्कटल्याण्डसँग आगामी आइतबार खेल्दा आगामी मंगलबार नेदरल्याण्डसँग खेल्ने तालिका रहेको छ।लिग टुमा नेपालले अब २४ खेल बाँकी छन्।
लिग टु को शीर्ष ४ मा परेर एकदिवसीय मान्यता जोगाउन र विश्वकप ग्लोबल छनोटमा पुग्न आज जितको नतिजा निकाल्नुको नेपालका लागि विकल्प छैन।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |