

काठमाडौं । मोरोक्कोको रावतमा भएको कराते वान प्रिमियर लिगमा नेपाली स्टार कराते खेलाडी धादिङकी एरिका गुरुङले ऐतिहासिक कांस्य पदक जितेकी छन् ।
नेपाल कराँते महासंघका अनुसार गुरुङले आइतबार महिला ६८ केजीमाथी तौल समूहको खेलमा फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले हराएर कांस्य जितेकी हुन् ।
सेमिफाइनलमा स्पेनी खेलाडीसँग बराबरी अंक जोडेपनि सेन्सुका आधारमा पराजित भएपछि एरिकाले कांस्य पदकका लागि खेलेकी हुन् ।
विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्ने करातेको विश्वकै प्रतिष्ठित लिग माने कराते वान प्रिमियर लिगमा पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी बनेकी छन् ।
एरिकाले कराते वान प्रिमियर लिगमा पहिलो पटक छनोट हुँदै ऐतिहासिक सफलता हात पारेकी हुन् ।
विश्व वरियतामा ५०औं स्थानमा रहेकी एरिकाले २०औं वरियतामा रहेकी क्लेमेन्सला२ सुरुवातदेखि नै दाबमा राख्दै जित हात पारिन् ।
वर्ल्ड कराते फेडेरेसनले विश्वकपमा शीर्ष ३२ वरियताका खेलाडीलाई यो लिगमा समावेश गर्ने गरेको छ ।पछिल्लो समय एरिका नेपाली खेलकुदको स्टारको रुपमा छिन् ।
उनले १९औं एसियन गेम्स र एसियन कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत जितिसकेकी छन् ।केही समयअघि उज्वेकिस्तानमा भएको एसियन कराते च्याम्पियनसिपमा भने उनी पदक सम्म पुग्न सकिनन् ।
नीलकण्ठ नगरपालिका-१३ लाहुरे गाउँकी एरिकाले १९ औं एसियाली खेलकुद (एसियाड) मा ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिईन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |