

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।
खेल दिउँसो पौने ४ बजेदेखी स्कटल्याण्डको डुन्डेमाशुरू हुनेछ ।
लिग–२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्याण्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला भइरहेको हो ।
यो शृङ्खलाको अस्ति भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएको थियो ।
जीतसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ खेलमा ८ अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छ ।
नेपालले आउँदो आइतवार स्कटल्याण्डसँग र मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ ।
लिग–२ को खेलपछि असार एक मा नेपाल, स्कटल्याण्ड र नेदरल्यान्ड्सबीच त्रिदेशीय टी–२० शृङ्खला शुरू हुनेछ ।
आईसीसी विश्वकप लिगको अन्तिममा शीर्ष–४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |