

धादिङ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न १५औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्डमा प्रतियोगितामा बागमती प्रदेशको छात्र/छात्रा कबड्डी टिमले स्वर्ण पदक जितेको छ । फाईनलमा बागमती प्रदेशको दुबै टिमले लुम्बीनी सँग खेलेका थियो।
जसमा छात्रा टिमले २७-३२ र छात्रा टिमले ३३-४४ ले पराजित गर्दै स्वर्ण जित्न सफल भएको धादिङ कबड्डी संघका अध्यक्ष रत्नेश यादवले जानकारी दिनुभयो ।
बागमती प्रदेशको छात्रा कबड्डीमा धादिङबाट ३ खेलाडी धना राहाडी मगर, कोपिला तामाङ, रेजिना तामाङ सहभागी थिए भने छात्र कबड्डीमा ३ खेलाडी अर्जुन तामाङ, जीवन श्रेष्ठ र रबिन श्रेष्ठ सहभागी थिए ।
प्रतियोगितामा धादिङबाट भलिबल छात्र तर्फ मिलन गुरुङ र भलिबल छात्रा तर्फ कृषना बराम सहभागी थिए।

यस प्रतियोगितामा बागमती प्रदेशको लागि धादिङ रुवी भ्याली सेर्तुङका विवश तामाङले तेक्वान्दो एकल पुरुष पुम्सेमा स्वर्ण पदक र धादिङको थाक्रे १० स्थित केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयकी छात्रा सृजना श्रेष्ठ (पिङ्की) ले ज्याभलिङ थ्रो मा कास्य पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बागमती कलमलाई जानकारी दिनुभयो ।

विद्यालय खेलकुदमा धादिङले ऐतिहासिक रेकर्ड राखेको बताउनुभयो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेलमा सात प्रदेशबाट छ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा बागमती प्रदेश ३६ स्वर्ण, ७ रजत र ९ कास्य गरी ५२ पदक जित्दै च्याम्पियन भएको छ ।

१८ वर्षभन्दा कम उमेरका विद्यार्थीको खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले २०६३ सालदेखि राष्ट्रपति रनिङ सिल्डको सुरुवात भएको हो।
यस्तो छ,यस बर्षको नतिजा






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |