

काठमाण्डौ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको तर्फबाट करण केसी एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।
३३ वर्षीय करणले ८० औं खेलमा एक सय विकेट पुरा गरे ।गएराति स्कटल्यान्डसँग भएको खेलमा दुई विकेट लिएसँगै उनले यो आँकडा पूरा गरेका हुन् ।
यसअघि टी–२० मा एक सय भन्दा धेरै विकेट लिने नेपाली खेलाडी सन्दीप लामिछाने थिए । उनले नेपालबाट ५८ खेलमा एक सय ११ विकेट लिइसकेका छन् ।
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले हरायो ।जीतसँगै नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डको समान २ अङ्क भएको छ ।
यसअघि सोमवार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।आइतवार भएको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।
आज स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुँदैछ ।
नेपालले आफ्नो तेस्रो खेल भोलि नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल पर्सि शुक्रवार घरेलु टोलीसँग खेल्नेछ । photo:can





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |