

काठमाण्डौ । एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा आज नेपालले लाओससँग खेल्दैछ।
खेल नेपाली समयअनुसार बेलुका सवा ६ बजेदेखी उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा शुरु हुनेछ ।
महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो ।पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा लाओस एक सय सातौं स्थानमा छ ।
नेपालले दोस्रो खेलमा असार १८ गते बुधवार श्रीलङ्का र समूह चरणको तेस्रो तथा अन्तिम खेलमा असार २१ गते शनिवार उज्वेकिस्तानसँग खेल्नेछ ।
महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् ।
१२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |