

काठमाण्डौ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगिता अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान पौने ८ बजेदेखी मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा शुरु हुनेछ ।
अहिलेसम्म खेलेका तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अङ्कसहित दोश्रो स्थानमा रहेको सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ ।
यस्तै समूह ‘बी’बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेट, दोश्रो खेलमा जापानलाई नौ विकेट र इन्डोनेसियालाई चार सय २१ रनको फराकिलो अन्तरले हराएको थियो ।
१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् ।
समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् ।
यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।
सेमिफाइनलका खेलहरु पर्सि बिहीवारदेखि शुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिवार हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |