

काठमाण्डौ । एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गत नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार राति सवा ८ बजेदेखी उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा शुरु हुनेछ ।
समूह ‘एफ’ मा रहेको नेपाल तीन खेलमा छ अङ्कसहित तालिकाको दोश्रो स्थान र समान खेलमा छ अङ्क नै बनाएको उज्वेकिस्तान शीर्ष स्थानमा छ ।
आज हुने समूह चरणको तेस्रो तथा अन्तिम निर्णायक खेलको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछ ।
पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा उज्वेकिस्तान ५१औं स्थानमा छ ।
आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० र दोश्रो खेलमा श्रीलङ्कालाई ८–० गोलले हराएको थियो ।
यस्तै उज्वेकिस्तानले पनि आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १०–० र लाओसलाई ७–० गोलले हराएको थियो ।
यदि आजको खेलमा अङ्क र गोल अन्तर पनि बराबर भएमा एएफसी महिला एशियन कप प्रतियोगिताको नियमावली अनुसार सिधै पेनाल्टी सुटआउट हुनेछ ।
महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ ।
हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । १२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |