

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–२ स्थित ढेवाडाँडामा २० जनाले गरे रक्तदान गरेका छन् ।
महाशिवरात्रीको अवसरमा बुधबार नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाको आयोजना,सिद्धलेक ढेवाडाँडा समाज नेपालको सह–आयोजना तथा गाउँपालिकाको प्रायोजनमा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा ३ महिला र १७ पुरुष गरि २० जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बिहान ८ बजेदेखी अपरान्ह ४ बजेसम्म भएको रक्तदान कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राबिधिक सहयोग रहेको थियो।
महाशिवरात्री पर्वको अवसरमा सिद्धलेकमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले विगत ५ बर्ष यता सिद्धलेक शिवरात्री मेला तथा साँस्कृतिक महोत्सव आयोजना गर्दै आएको सिद्धलेक ढेवाडाँडा समाजका सल्लाहकार एव रेडक्रस नलाङ उपशाखाका सभापति अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो।
सोही मेलाको अवरसरमा हरेक बर्ष ढेवाडाँडामा रक्तदान कार्यक्रम आयोजना गरिएको सल्लाहाकार गुरुङले बताउनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |