

धादिङबेसी । धादिङबेसीमा समुदायमा आधारित अनुकूल योजना तथा जलवायु परिवर्तन सम्बन्धी तालिम सञ्चालन गरिएको छ।
प्रयास नेपाल धादिङले आड्रा नेपालसँगको साझेदारीमा सञ्चालन गरेको उत्थानशील जीविकोपार्जन तथा खाद्य सुदृढीकरण परियोजना अन्तर्गत समुदायमा आधारित अनुकूल योजना तथा जलवायु परिवर्तन सम्बन्धी तालिम सञ्चालन गरिएको हो।
बुधबारदेखी शुक्रबारसम्म सञ्चालन भएको तालिममा गंगाजमुना र खनियावास गाउँपालिकाका समुहहरुबाट छनौट भई आएका २० जना समुदायका अगुवा तथा प्रयास नेपाल धादिङका कर्मचारीहरू गरी ३५ जना सहभागीता थिए।
स्थानीय समुदायलाई जलवायु परिवर्तनका असरहरू पहिचान गर्न, त्यसका प्रभाव न्यूनीकरणका उपायहरू अबलम्बन गर्न, जोखिम व्यवस्थापन गर्न र दीगो विकासका लागि अनुकूल योजना निर्माण गर्न सशक्त बनाउने उद्धेश्यले तालिम आयोजना गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो।
तालिममा समुदायमा आधारित अनुकूल योजना, जलवायु परिवर्तन, यसको असर र प्रभाव, प्रकोप स्तरीयकरण लगायतका विषयमा प्रशिक्षक शोहन लाल श्रेष्ठले सहजीकरण गर्नुभएको प्रयास नेपाल धादिङका जेण्डर एसोसियट शर्मिला गुरुङले जानकारी दिनुभयो।

तालिम समापन समारोहमा प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल, आड्रा नेपालका परियोजना अधिकृत दिलीपचन्द्र ढकाल लगायतको उपस्थिति रहेको प्रयास नेपाल धादिङका पशु प्राविधिक रुपेश तामाङले जानकारी दिनुभयो।
समुदायमा आधारित अनुकुल योजना सम्बन्धि तालिमका खनियाबासबाट सहभागी भएकाहरु नसुन तामाङ,सुजन तामाङ, सोभा तामाङ यसैगरी गंगाजमुना गाउँपालिकाबाट सहभागी भएका राज कुमार कार्कीले जलवायु परिवर्तनको प्रभाव, समुदायमा पर्ने असरहरू र न्यूनीकरणका उपायहरूबारे जीवन उपयोगी ज्ञान हाँसिल गरेको बताएका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |