

धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर १ गहतेमा निःशुल्क आँखा परिक्षण तथा मोतियाविन्दु छनौट शिविर संचालन हुने भएको छ।
दृष्टि आई केयर सेन्टर कलंकी र तथा सिद्धलेक गाउँपालिका वडा नम्बर १ कार्यालयको संयुक्त आयोजनामा भोलि २० गते बुधबार गहतेमा रहेको वलदेवी स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन हुने वडा अध्यक्ष पेमा लामाले जानकारी दिनुभयो।
विहान ११ वजे देखि २ बजे सम्म सञ्चालन हुने शिविरमा आँखा परिक्षण, आँखाको प्रेसर जांच (Intra Ocular Pressure), आवश्यकता अनुसार निशुल्क औषधि वितरण, नजकि पढनको लागि रिदिंग चश्मा निशुल्क वितरण (५५ वर्ष माथि) गरिने वडा अध्यक्ष लामाले बताउनुभयो ।
यस्तै मोतियाविन्दु छनौट भएका मध्ये शल्यक्रिया गर्न ईच्छुक बिरामीलाई सहुलियत दरमा शल्यक्रिया गरिने र विमा अन्तर्गत शल्यक्रिया गर्न ईक्छुक बिरामीलाई दृष्टि आँखा केन्द्रको नियम अनुसार शल्यक्रिया गरिने लामाले बताउनुभयो ।
शिविरबाट सम्पूर्ण आँखाको रोगीहरुले सेवा लिनु हुन वडा वासीहरुमा वडा अध्यक्ष लामाले आग्रह गर्नुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |