

धादिङ । बेनिघाटरोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले गाउँपालिकामा बालमैत्री स्थानीय शासन अभियानलाई तिव्रता दिने बताउनुभएको छ ।
मंगलबार बिशालटारस्थित गाउँपालिका कार्यालयमा भएको बालमैत्री स्थानीय शासन सम्बन्धि अभिखिकरण कार्यक्रममा अध्यक्ष थपलियाले सो कुरा बताउनुभएको हो ।

गाउँपालिका तहका जनप्रतिनिधि, बिषयगत शाखाका कर्मचारी तथा सरोकारवालाहरूको लागि बालमैत्री स्थानीय शासनका नितिगत,प्रक्रियागत कार्य कार्यान्वयन र अबलम्बन तथा घोषणा सम्बन्धि जानकारी दिने तथा क्षमता विकास गर्ने तथा पालिका स्तरीय बालमैत्री समिति गठन गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
अभिमुखिकरण पछि गाउँपालिका अध्यक्ष थपलियाको अध्यक्षतामा ३१ सदस्यीय बालमैत्री स्थानीय शासन गाउँपालिका समिति गठन गरिएको छ।
बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासन गाउँपालिका तथा वडास्तरीय संरचना र सेवा प्रवाह का ३६ र संस्थागत १५ वटा गरी ५१ सूचकहरू, बालमैत्री स्थानिय शासन अबलम्बनका चरणहरु लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजीकरण गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरे ,वडाअध्यक्षहरु, बालक्लबका प्रतिनिधि, शिक्षा अधिकृत बोधराज पाठक , बिययगत शाखा प्रमुखहरु, माध्यमिक बिद्यालयका प्रधानाध्यापकहरु, महिला समूह, महिला स्वयंसेविकाहरु,प्रहरी लगायत ७५ जना सहभागी रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका निर्जला मगरले जानकारी दिनुभयो ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |