

काठमाण्डौ । एसईईको परीक्षाफल असार ७ गतेभित्र सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ।
यही चैत ७ गतेदेखि शुरू भएको परीक्षा मंगलबार सकिएको हो। यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए।
एसईईमा सबैभन्दा धेरै काठमाण्डौमा ३९ हजार ६ सय र सबैभन्दा कम मनाङमा ४३ जना सहभागी थिए । जापानको एक परीक्षा केन्द्रमा २९ जनाले एसईई दिएका छन् ।
आउँदो असार ७ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने जनाएको छ।
यस वर्ष परीक्षामा न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन्। सरकारले परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।
गएको वर्ष २०८० सालको एसईईमा ४८ प्रतिशतमात्रै विद्यार्थी पास भएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |