

धादिङ,०२ चैत
धादिङको १३ स्थानिय तह मध्ये तिन वटा स्थानिय तह वन डढेलोको उच्च जोखिममा रहेको छ ।
बन डढेलो पहिचान तथा अनुगमन प्रणलीको विगत ५ बर्षको डढेको तथ्याङ्क अनुसार जिल्लाको तिन पालिका वन डढेलोको उच्च जोखिममा रहेको छ । डिभिजन वन कार्यालय धादिङका सूचना अधिकारी टंक श्रेष्ठका अनुसार रुवी भ्याली, बेनिघाट रोराङ गाउँपालिका र नीलकण्ठ नगरपालिका वन डढेलोको उच्च जोखिममा रहेको छ ।
त्यस्तै खनियाबास, गंगाजमुना, नेत्रावती डवजोङ, ज्वालामुखी, त्रिपुरासुन्दरी, सिद्धलेक, गजुरी, गल्छी र थाक्रे गाउँपालिका मध्यम जोखिममा रहेको छ भने धुनीबेशी नगरपालिकामा न्युन जोखिम रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । धादिङमा ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित बुधबारदेखी वन डढेलो सचेतना सप्ताह सुरु भएको छ।
डिभिजन वन कार्यालय धादिङको आयोजना तथा सव डिभिजन वन कार्यालयको संयोजनमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत हिजो बुधबार वन डढेलोलाई लक्षित गरी वन डढेलो कार्य योजना कार्यान्वयनको लागि समन्वय बैठक सम्पन्न भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । बैठकमा डिभिजन वन कार्यालयका कर्मचारी, विभिन्न सब डिभिजन वन कार्यालयका कर्मचारी, सामुदायिक वन उपभोक्ता महासंघ प्रतिनिधि, हरीत स्वयंसेवक, समूह सहयोगीहरूको सहभागिता रहेको थियो ।
यसैगरी सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज डिभिजन वन कार्यालयहरुद्धारा माध्यमिक बिद्यालयहरुमा बन डढेलो नियन्त्रणको बारेमा जानकारी गराईएको श्रेष्ठले बताउनुभयो ।
यसैगरी भोलि शुक्रबार सुरक्षा निकाय, इको क्लब, सामुदायिक वन उपभोक्ता समुहहरु र स्थानिय तहहरुसँग समन्वय र अन्त्रिक्रिया कार्यक्रम गर्ने,विद्यार्थीहरुलाई वन डढेलो सम्बन्धि सचेतनका लागि श्रेष्ठले बताउनुभयो ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सामुदायिक वन उपभोक्ता समुहमा र वन समुहरुमा गएर बन डढेलो सम्बन्धि जानकारी गर्नेे, अग्नि रेखाको, गोरेटो बाटाका छेउछाउमा भएका पात पतिङ्गर डढाउने,विभिन्न सामुदायिक वन उपभोक्ता समितिहरु, कबुलियत वन समुहरु, राजमार्ग छेउछाउमा रहेका प्रजनन्शील पदार्थ जलाउने लगाएतको कार्यक्रमहरु रहेको डिभिजन वन कार्यालय धादिङका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |