

धादिङ। धादिङको धुनिवेशी नगरपालिकाका स्थानीयले विरोध गरेपछि नागढुङ्गा सुरुङमार्गको काम रोकिएको छ।गत असोजको दोस्रो साता आएको बाढीको कारणले एक स्थानीयको घर चर्किएको थियो ।
सोही घरका धनीसहित अन्य स्थानीयले सोमबार सुरुङमार्ग निर्माणस्थलमै पुगेर काममा रोक लगाएका नागढुङ्गा सुरुङमार्ग आयोजनाका सिनियर डिभिज्नल इन्जिनियर सञ्जय पन्थीले बताउनुभयो ।
उनीहरूले क्षतिपूर्ती माग पनि गरेका छन् ।स्थानीयको विरोधपछि आज बिहानैबाट काम रोकिएको छ। स्थानीयहरूले सुरुङमार्ग आयोजनाको कारण घर चर्किएको भन्दै क्षतिपूर्ती माग गरिरहेको पन्थीले बताउनुभयो ।
पन्थीका अनुसार ठेकेदार पक्ष जापानीज कम्पनीले कुरा स्वीकार गरिरहेको छैन।सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत सम्पन्न भएको पन्थीले बताउनुभयो ।
हाल अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ।आयोजना अन्तर्गत तीन वटा पुल बनिसकेका छन् ।
अब फ्लाईओभरको काम जारी छ । फ्लाईओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
टनेलभित्र फिनिसिङको काम जारी छ । जसले गर्दा भौतिक प्रगति ८६ प्रतिशत हाराहारी देखिन्छ । त्यस्तै, मेन टनेलको ब्रेक थ्रु १५ अप्रिल २०२४ मा भएको थियो । उद्धार टनेलको ब्रेक थ्रु भने ७ अगस्ट २०२३ मा गरिएको थियो ।
जापान सरकारको सहयोगमा भएको नागढुंगा सुरुङमार्गको डिजाइन करबाहेक साढे १३ अर्ब रुपैयाँमा ठेक्का लागेको हो । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाईओभर बनाइएको छ ।
गुर्जुधाराको फ्लाईओभर ६ सय १० मिटर लामो छ । सुरुङमार्ग र पहुँचमार्ग समेत गरी कुल लागत भने २२ अर्ब रुपैयाँभन्दा माथि छ ।filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |