

काठमाण्डौ । ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५’ अनुसार नेपाल दक्षिण एशियाको सबैभन्दा खुशी देशको सूचीमा परेको छ।
विश्वका १४७ देशमा गरिएको सर्वेक्षणमा दक्षिण एशियाको सबैभन्दा खुशी देशमध्ये नेपाल पहिलो स्थानमा परेको रिपोर्टमा उल्लेख छ।
अहिले नेपाल ५.३११ अङ्कसहित ९२औं स्थानमा परेको छ।गएको वर्षको तुलनामा नेपालले १ स्थान सुधार गरेको छ।
नेपाल ९२औं स्थानमा, पाकिस्तान १०९औं स्थानमा, भारत ११८औं स्थानमा, श्रीलङ्का १३३औं स्थानमा, चीन ६८औं स्थानमा र बङ्गलादेश १३४औं स्थानमा रहेको छ।
विश्वमा सबैभन्दा धेरै खुशी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ ।
दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौं स्थानमा नेदरल्याण्डस, छैठौं स्थानमा कोस्टारिका, सातौं स्थानमा नर्वे, आठौं स्थानमा इजरायल, नवौं स्थानमा लग्जम्बर्ग र दशौं स्थानमा मेक्सिको रहेका छन्।
तस्विर:सामाजिक सञ्जाल





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |