

धादिङ । गजुरी गाउँपालिका-२ बिप्लप सामुदायिक जंगलमा लागेको आगो गाउँ पस्दा २ घर र २ गोठ जलेर नष्ट भएको छ।
शनिबार दिउँसो करिब ३ः४५ बजेको समयमा जंगलमा लागेको आगोले गजुरी-२ को बिप्लप माथिल्लो गाउँका चनमती बिकको ढुङ्गा माटोले बनेको जस्ताले छाएको एक तले कच्ची घर र गोठ,सोही ठाउँका खुम राज बिकको ढुङ्गा माटोले बनेको जस्ताले छाएको एक तले कच्ची घर र गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागी बाट मानवयि क्षति भने भएको छैन।
प्रहरीका अनुसार चनमती बिकको ३ वटा बाख्रा जलेर मृत्यु भएको घरमा रहेका सबै सामाग्री जलेर नष्ट भएको छ।
प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |