

काठमाण्डौ । काठमाण्डौको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ ।आज काठमाण्डौको वायु अस्वस्थकर तहमा पुगेको स्वीट्जरल्याण्डमा रहेको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरमा उल्लेख छ।
काठमाण्डौको वायु प्रदूषणको अवस्था २५३ एक्यूआई पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सरलगायत रोगको जोखिम बढ्छ।
आईक्यूएअरका अनुसार अहिले भक्तपुर क्षेत्रमा बढी वायु प्रदूषण छ।वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पीएम १० र पीएम २ दशमलव ५ को मापदण्डमा जाँचिन्छ।
पीएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २ दशमलव ५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरुसँग सम्बन्धित छ।
सडकको धुलो, धुवाँ र आगलागी प्रदूषणको मुख्य कारण भएको जलवायुविज्ञ डा.धर्मराज उप्रेतीले बताउनुभयो।
पानी नपरेसम्म प्रदूषण नघट्ने तर अबको ३–४ दिनसम्म पानी पर्ने सम्भावना कम रहेको मौसमविदले बताएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |