

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा न.१ नलाङको ठुलो सामुदायिक वनमा शनिबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ।
ठुलो सामुदायिक वनको लेडि खोला र राम्छे डाडा खण्डमा लागेको आगो राती १२ बजे नियन्त्रण लिईएको ठुलो सामुदायिक वन समूहका सचिव जोन लामाले जानकारी दिनुभयो।

वन हेरालु सुक बहादुर तामाङले वनमा डडेलो लागेको जानकारी गराए पश्चात वडा अध्यक्ष पेमा लामाको नेतृत्वमा गएको सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता र स्थानीयसँगै सशस्त्र प्रहरीको टोलि र नेपाल प्रहरीको टोलिले नियन्त्रणमा लिएको लामाले बताउनुभयो।

आगोलाई नियन्त्रणमा लिएर बस्ती तथा मानवीय क्षति जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै वडाध्यक्ष लामाले सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता, स्थानीय, सशस्त्र प्रहरीको टोलि र नेपाल प्रहरीको टोलिलाई धन्यवाद ज्ञापन गर्नुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |