

मन्थली,०१ ज्येष्ठ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संघीयता खारेजी गरौं भन्नेहरु विकास विरोधी भएको बताउनुभएको छ ।
सोमवार रामेछापको मन्थली नगरपालिका १ स्थित मन्थली माध्यमिक विद्यालयको पुर्ननिर्मित भौतिक संरचनाको हस्तान्तरण तथा समुद्धघाटन समारोहमा बोल्दै मुख्यमन्त्री जमकट्टेलले सो कुरा बताउनुभएको हो ।
देसमा संघीयता स्थापित् भएको छोट्टो समयमै विकास विरोधीहरुले संघीयता विरोधी अभिव्यक्ती दिने गरेको भन्दै जमकट्टेलले संघीयता खारेजी गरौं भन्नेहरुलाई यस्ता शव्द उच्चारण नगर्न समेत आग्रह गर्नुभयो ।
संविधान निर्माणको चरणमा केहि बर्ष अघिमात्रै देश संघीय प्रणालीमा गएको भन्दै उहाँले प्रदेशले अझै पुर्ण अधिकार पाईनसकेको, संघ र प्रदेशबीच कस्ले कत्ती अधिकार लिने दिने भन्नेमै दुविधा रहेकोले त्यसको कार्यान्वयन गर्ने र गराउने पक्षमा रहेको पनि बताउनुभएको छ ।
अहिल्यै यसलाई खारेजी गरौं भन्ने बेला भैनसकेको भन्दै उहाँले अहिल्यै प्रदेशलाई खारेजी गरौं भन्नेहरु केवल विकास विरोधी मात्र भएको बताउनुभयो ।
जमकट्टेलले संघीयता विरुद्ध आवाज उठाउनेहरुलाई त्यसो नगर्न र केहि कमी कमजोरी देखे आफुहरुलाई सुझाव दिनसमेत आग्रह गर्नुभएको छ ।
त्यस्तै उहाँले अहिले सरकारले नयाँ ढंगले काम गर्न लागेको बताउनुभयो । संमृद्ध बागमती प्रदेश बनाउन आगामी बजेटमा शिक्षामा समान रणनिती बनाउ,स्वास्थ्य, खानेपानी, पुर्वाधार विकास र रोजगारीको क्षेत्रमा जनताको पहुँच पु¥याउन आफु लागी परेको जमकट्टेलको भनाई थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |