Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

४ घण्टा अघि
२

चुमनुब्रीमा बाढीले ४ घर बगायो

४ घण्टा अघि
३

परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

१८ घण्टा अघि
४

महादेववेशीमा एक सय जनाले गरे रक्तदान

१८ घण्टा अघि
५

गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात

१८ घण्टा अघि
६

कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै

१८ घण्टा अघि
७

धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने

१८ घण्टा अघि
८

फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग

१९ घण्टा अघि
९

धादिङ भलिबल संघको अधिवेशनको मिति तय

१९ घण्टा अघि
१०

पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

१ दिन अघि
११

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ दिन अघि
१२

आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

४ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

४ दिन अघि
६

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

१ महिना अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
८

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
९

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
१०

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ दिन अघि
११

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१२

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि

धादिङका थप ४१ जनामा डेङ्गु संक्रमण:बिरामी संख्या १६ सय नाघ्यो

  • बागमती कलम
  • ७८३ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक ५, शनिबार (३ साल अघि)
धादिङका थप ४१ जनामा डेङ्गु संक्रमण:बिरामी संख्या १६ सय नाघ्यो

धादिङ,०५ कात्तिक।
धादिङमा पछिल्लो २४ घण्टामा ४१ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । थप २३ जना पुरुष र १८ जना महिला गरी कुल ४१ जना डेंगुका नयाँ बिरामी थपिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। यो सँगै जिल्लामा कुल संक्रमित १ हजार ६३५ पुगेको छ।

योसँगै हालसम्म जिल्लाका ९ सय जना पुरुष र ७३५ महिला गरी कुल १ हजार ६३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ । जिल्लाको कुल संक्रमितमध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन् ।

नगरपालिकामा हालसम्म ९९७ जना संक्रमित भएका छन् भने गजुरीमा १०६, धुनिबेशीमा ७३, गल्छीमा ६८,त्रिपुरासुन्दरीमा ६८ जनामा संक्रमण भएको छ। यस्तै ज्वालामुखीमा ६६, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३८, गंगाजमुनामा २७, थाक्रेमा १७,नेत्रावती डवजोङमा १२ , रुवीभ्यालीमा १० र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लाको कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ।

कसरी सर्छ डेंगु ?
डेंगु ज्वोरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । डेंगु कहिले पनि एउटा मानिसबाट अर्को मानिसमा सर्दैन । यो तब मात्र सर्छ जब एउटा लामखुट्टेले संक्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस बिकास भएर लामखुट्टेले त्यसपछी अर्को स्वस्थ मानिसलाई टोक्दा यो रोग सर्ने हो ।डेंगु भाईरसको चार प्रजाति छन् ।

एक पटक एउटा मानिसलाई एक प्रजातिको डेंगु भाईरसको संक्रमण भएपछि जीवनभर त्यसै प्रजातिको डेंगु रोग भने लाग्दैन, तर यदी अन्य प्रजातिको डेंगु रोग लाग्यो भने त्यो पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४–७ दिन भित्र मा रोगको लक्षण देखिन्छ। एउटा डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८–१२ दिन पछी लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर संक्रमित रहन्छ ।

पोथी जातको लामखुट्टेलाई फूल पार्नको लागि रगतमा प्रचूर मात्रामा पाइने प्रोटिनको आवश्यकता पर्ने भएकोले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ। भाले जातको लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवन यापन गर्दछ । सामान्यतया एउटा पोथी लामखुट्टेले उसको १४–२१ दिनको जीवनमा जम्मा ३०० वटा अण्डा पार्न सक्छ ।

एकपटक डेँगुको विषाणु बोकेको लामखुट्टेले यसका प्रत्येक अण्डामा डेँगुका विषाणु सार्ने गर्दछ ।त्यस प्रकारका हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेँगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्ति यो रोग बाट सँक्रमित हुन्छ ।

डेंगु भएको व्यक्तिलाई लामखुट्टेले टोक्दा सो व्यक्तिको रगतमा भएका डेंगुका भाइरसहरु लामखुट्टेमा सर्छन् । डेंगुबाट संक्रमित एडिस नामको लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग एकबाट अर्कोमा सर्छ । त्यसपछि व्यक्तिमा डेंगुका लक्षणहरु देखिन सक्छन् वा कुनै खाले संक्रमण नदेखिन पनि सक्दछन् । संक्रमित व्यक्तिबाट एक हप्तापछि लामखुट्टेले एउटा स्वस्थ मानिसलाई रोग सार्न सक्दछ ।

लक्षणहरु
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५–७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् :
– असाध्यै टाउको दुख्ने ।
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
– ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ।
– शरीरमा विमिरा आउने ।
– धेरै ज्वरो आई माथिका लक्षणहरु मध्ये दुई वा दुईभन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ ।
– वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुने आदि लक्षणहरु पनि देखा पर्न सक्छ ।

रक्तश्रावको खतरा हुने अवस्थाहरु
– लामो समयसम्म वेहोस भएमा
– जलवियोजन र वेहोस भएमा
– कलेजोमा खराबी उत्पन्न भएका
– दुखाई कम गराउने ब्रुफेन, निमेसुलाइड तथा एस्पिरिन जातका औषधीको प्रयोग गरेमा
– ग्यास्ट्राइटिसको समस्या भएका बिरामीमा
– रगत पातलो बनाउने औषधीको सेवन गरिरहेका बिरामीमा
– शरीरमा कुनै प्रकारको चोटपटक लागेमा

रोकथामका उपायहरु
– पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ
– पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्छ ।
– कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • parewavir

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

  • 796939098_1364062465935471_5093786276715651416_n

    चुमनुब्रीमा बाढीले ४ घर बगायो

  • parewavir

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

  • mahadebbesi-raktadan

    महादेववेशीमा एक सय जनाले गरे रक्तदान

  • समाचार
  • १

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द
    ४ घण्टा अघि

  • २

    चुमनुब्रीमा बाढीले ४ घर बगायो
    ४ घण्टा अघि

  • ३

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द
    १८ घण्टा अघि

  • ४

    महादेववेशीमा एक सय जनाले गरे रक्तदान
    १८ घण्टा अघि

  • ५

    गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात
    १८ घण्टा अघि

  • ६

    कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै
    १८ घण्टा अघि

  • ७

    धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने
    १८ घण्टा अघि

  • ८

    फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग
    १९ घण्टा अघि

  • ९

    धादिङ भलिबल संघको अधिवेशनको मिति तय
    १९ घण्टा अघि

  • १०

    पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
    १ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution