

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.३ विशालटारबाट लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने तिन चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ना.३७ प ५६३५ नम्बरको स्कुटर चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २१ को समिन राना मगर,बिएसि ५३९२ नम्बरको स्कार्पियो गाडीका चालक लमजुङको कव्होलासोथार गाउँपालिका वडा नं. १ बस्ने बर्ष २७ को सरोज गुरुङ र लु.१ च ५३०४ नम्बरको बोलेरो गाडीका चालक स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ११ बस्ने बर्ष १९ को उमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक) प्रवक्ता तथा सूचना अधिकारी सुबास हमालले जानकारी दिनुभयो ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला जनस्वास्थ्य कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको सहकार्य तथा समन्वयमा सवारी दुर्घटना न्यूनिकरणको लागि संयुक्त रुपमा पृथ्वी लोकमार्ग सडक खण्डमा आवतजावत गर्ने सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षण अभियान अन्तर्गत साना तथा ठूला सवारी साधनहरुलाई रोकी चालकको स्वास्थ्य परिक्षण एव लागू पदार्थ सेवन परिक्षण गर्दा लागू पदार्थ सेवन गरेको पाईएपछी पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।
पक्राउ परेकाहरुलाई लागू पदार्थ सेवन सम्बन्धी कसूरमा धादिङ जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |