

काठमाण्डौ । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलमा आज नेपाल र म्यानमार खेल्दैछन् ।
खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ।
नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने अवसर रहेको छ । वरियतामा म्यानमार नेपालभन्दा ४८ स्थान माथि रहेको छ।
नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ खेल खेले पनि जित्न सकेको छैन ।
म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो ।यो प्रतियोगिताको लिग चरणमा नेपाल र म्यानमारले दुई गोलको बराबरी खेलेका थिए ।
प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तान सहभागी थिए ।लिगमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनल खेल्न लागेका हुन् । file photo





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |