

धादिङ । मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ धादिङको अध्यक्षमा प्रकाश भट्ट चयन हुनुभएको छ।
शनिबार भएको संघको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा नवराज श्रेष्ठ, सचिवमा जलिन मिया, सह–सचिव दिपा श्रेष्ठ (दिपशिखा) र कोषाध्यक्ष शरण कुमार श्रेष्ठ चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा चन्द्रमान शाक्य, सरस्वती श्रेष्ठ, सीता श्रेष्ठ, बिनोद श्रेष्ठ, किशोर यादव र जावेद आलम चयन हुनुभएको छ ।
अधिवेशन अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मोवाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष एसिस रिजालले मोवाईलले विश्वलाई नै साँघुरो बनाएको भन्दै मोबाईल मानव जीवनको अभिन्न अंगको रुपमा स्थापित भइसकेको बताउनुभयो ।
उहाँले व्यवसायीलाई चुनौति र अवसर दुवै रहेकाले गुणस्तरिय सेवा र स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।
त्यस्तै उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रामकुमार डल्लाकोटीले मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायले धादिङको व्यवसायिक क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेको बताउनुभयो।
व्यवसायीहरुको हकहितका लागि उद्योग वाणिज्य संघले काम गरिरहेकाले मोवाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघलाई पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |