

काठमाडौं । वुमन्स डे कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघले आइतबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
मार्च ८ देखि १६ सम्म युगान्डमा हुने ट्वान्टी–२० प्रतियोगितामा नेपालसहित युगान्डा, हङकङ र नामिबियाको सहभागिता रहनेछ।
एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्।
नेपालले मार्च ८ मा नामिबयासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले मार्च ९ मा युगान्डा मार्च १० मा हङकङसँग खेल्नेछ। नेपालले मार्च १२ मा नामिबिया, १३ मा युगान्डा र १४ मा हङकङसँग फेरि खेल्नेछ।
नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचानकुमारी चौधरी, कविता जोशी, ईश्वरी विष्ट, अलिसाकुमारी यादव (विकेटकिपर), साना प्रविन र रिया शर्मा रहेका छन्।filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |