

धादिङ । धादिङको गल्छी गाउँपालिकाका तिन वटा वडाहरु बालमैत्री वडा घोषणा हुने भएका छन्।
चारवर्षदेखी बालमैत्री स्थानीय शाशनका तयारीका कार्यक्रम संचालन गरि नितिगत, संस्थागत र कार्यक्रमगत योजनाहरु लागु गरेको गल्छी गाउँपालिकाको वडा नम्बर १,२ र ७ मा बालमैत्री वडा घोषणा हुने भएको हो।
तिन वटै वडामा जिल्ला अनुगमन समितिले बालक्लबको प्रतिनिधि सहित स्थलगत अनुगमन गरेको थियो।
अनुगमनको आधारमा मंगलबार भएको समिक्षा बैठकले बालमैत्री वडा घोषाको लागि जिल्ला समन्वय समितिलाई सिफारिस गरेको छ।जिल्ला समन्वय समितिका कार्यालय प्रमुख राम आश्रय यादवका अनुसार समितिको बैठकले वडाहरुमा गरिएको अनुगमनमा देखिएका र भएका गतिविधिको समीक्षा गर्दै सुझाव सहित बालमैत्री स्थानीय शाशनका लागि बालमैत्री वडा घोषणा गर्न सिफारिस गरेको हो।
नेपाल सरकारले तोकेका बाल संरक्षण, बाल विकास, बाल संरक्षण र बाल सहभागिता तथा संस्थागत तथा नितिगत सुधार समेत गरि ५१ ओटा सूचकमा रहेर वडाहरुमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो।
बालमैत्री स्थानीय शासन पूर्ण रुपमा लागु भएपछि विकासमा आधारभुत विषयहरु निति योजना र कार्यक्रम कायान्वयन भएको अवस्थामा पुगेको हुने छ भने बालबालिकाको सबै किसिमको निति निर्माण तहमा निर्णायक रुपमा सहभागिता समेत हुने व्यवस्था रहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |