

काठमाण्डौ । छैटौँ एशियन महिला कबड्डी च्याम्पियनशिपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
इरानको तेहरानमा भइरहेको खेलमा नेपालले आफ्नो पहिलो खेलमा बिहिबार इराकलाई हराउदै फाईनल प्रवेश गरेको हो ।
समूह ‘बी’ अन्तर्गतको खेलमा इराकसँग नेपाल ६८–६ अङ्कले विजयी भएको हो। समूह ‘बी’ मा नेपाल, इराक र इरान गरी तीन वटा टोली छन्।
नेपाले अब दोस्रो खेलमा आज इरानसँग खेल्ने छ ।
प्रतियोगिताको समूह ‘ए’ मा भने भारत, बङ्गलादेश,थाइल्याण्ड र मलेसिया गरी चार राष्ट्र छन् ।
सन् २००५ मा शुरू भएको एशियन च्याम्पियनशिपको ५ संस्करणमा भारत ४ पटक र दक्षिण कोरिया एक पटक च्याम्पियन भएका छन् ।
इरान २ पटक उपविजेता बन्दा जापान, थाइल्याण्ड र दक्षिण कोरिया पनि एक–एक पटक उपविजेता भएका छन् ।
पुरुषतर्फको एशियन च्याम्पियनशिपको पहिलो संस्करणमा नेपाली पुरुष टिम तेस्रो भएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |