

धादिङ । गजुरी गाउँपालिका-२ रातामाटेबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-३ वालसिङ्ग बस्ने २३ वर्षीय सुनिल तामाङ र ३५ वर्षीय दिल बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।

सोमबार इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले राक्सीङबाट चालिसेतर्फ आउँदै गरेको बा ९३ प ३३४० नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा करिब ६ किलो ९ सय ग्राम गाँजा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुलाई धादिङ जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |