

काठमाण्डौ । देशभर एक महिनाको अवधी (फागुन महिना)मा गाडी दुर्घटनामा परेर दुई सय एक जनाको मृत्यु भएको छ।
फागुनमा चार हजार दुई सय ८९ वटा गाडी दुर्घटना हुँदा दुई सय एक जनाको मृत्यु भएको नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
मृत्यु हुनेमा एक सय ५३ पुरुष, ३३ महिला, १० बालक र पाँच जना बालिका छन् ।
फागुनमा गाडी दुर्घटनामा ६ सय ३६ जना गम्भीर घाइते भएका छन् । यस्तै तीन हजार चार सय ६६ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।
फागुन महिनामा सबैभन्दा धेरै २ हजार ४ सय २३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।
यस्तै जीप, कार र माइक्रोबस गरी आठ सय नौ, बस एक सय ८६, टेम्पो दुई सय ६ वटा दुर्घटनामा परेका छन् ।
२ सय ५८ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।
सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् ।गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, ओभरटेक, जाँड-रक्सी खाएर चलाउनु, चालक अनुमतिपत्र नभएकाले चलाउनु, यात्रुले बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |