

धादिङ। धादिङ समाज जापानको अध्यक्षमा बिमल श्रेष्ठ चयन हुनुभएको छ।
आईतबार (मार्च २३) टोकियोको सिनओकुबोमा भएको छैटौँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बिजय सडौला, उपाध्यक्षहरुमा प्रल्हाद अधिकारी, ईश्वरी अर्याल, मंगल बहादुर सुनार र विशाल भन्डारी चयन हुनुभएको छ भने महासचिवमा सुशान्त बानियाँ हुनुभएको छ।यसैगरी सचिवहरुमा दिपक बिष्ट र सरोज गिरी, कोषाध्यक्षमा राम बाबु दनाई र सह कोषाध्यक्षमा प्रविन नेपाल चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरुमा गणेश बहादुर अघिकारी, अजय न्यौपाने, समुद्र सडौला, देबिका पण्डित, रंजिता अर्याल, निरज पण्डित, प्रदिप जंग शाह, नबिन राना मगर, दिनेश विश्वकर्मा, सन्तोष श्रेष्ठ, भिनसेन कुवँर, सुनिल जमरकट्टेल, बद्री पौडेल, उपेन्द्र पण्डित र राजेश पण्डित चयन हुनुभएको छ।
समाजका अध्यक्ष श्यामहरि तिम्सिनाको अध्यक्षता तथा जापानका लागि नेपाली राजदुत डा.दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धादिङ् समाज जापानका सल्लाहकारहरु तथा जापानका विभिन्न संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |