

काठमाडौं । अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-४ बस्ने ३७ वर्षीया सरिता लामा रहेको प्रहरीले जनाएको छ।
आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आई कास्की पोखरा महानगरपालिका-६ लेकसाईडस्थित होटलमा बस्दै गरेकी ७० वर्षीया अमेरिकी महिलाको सोमबार अपहरण गरी फिरौती स्वरूप ३ लाख युरो माग भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट ती महिलाको सकुशल उद्दार गरी उक्त कार्यमा संलग्न सरितालाई पक्राउ गरेको हो प्रहरीले जनाएको छ।
उनी उपर अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |