

ललितपुर। धादिङको निलकण्ठ नगरपालिकाले बागमती प्रदेशस्तरीय अन्तरपालिका मेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
बिहिवार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहल भएको फाइनलमा निलकण्ठले महालक्ष्मी नगरपालिकालाई हराउँदै उपाधि जितेको हो।
निलकण्ठले महालक्ष्मी लाई ३-० को सोझो सेट (२५-१५ २५-२३ र २७-२५) ले हराउँदै उपाधि जितेको हो।
उपाधिसँगै निलकण्ठले दुई लाख पायो भने उपविजेता बनेको महालक्ष्मीले एक लाख रुपैँया पाएको छ ।मन्थलीले मेलुङ गाउँपालिकालाई हराउँदै तेस्रो भएको आयोजक ललितपुरले ५० हजार पाएको छ।
यस्तै पुरुषतर्फ ललितपुरले महांकाल गाउँपालिकालाई ३-० को सोझो सेटमा हराउँदै उपाधि जितेको छ।

ललितपुरले महांकाललाई २५-१७, २५-२० र २५-१७ ले पराजित गर्यो ।प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गरेको छ।
पुरुष तर्फ मन्थली नगरपालिकाले मेलुङ गाउँपालिकालाई पराजित गर्दै तेस्रो भएको छ।मन्थलीले ५० हजार पाएको छ।
चैत १० गतेबाट सुरु भएको प्रतियोगितामा महिलातर्फ ८ टिम र पुरुषतर्फ १४ टिम सहभागि थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |