

धादिङ- ज्वालामुखी गाउँपालिकामा ३ महिने तमू भाषा शिविर सुरु भएको छ।
तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङको आयोजना तथा ज्वालामुखी गाउँपालिकाको सहयोगमा शुक्रबारदेखी सुरु भएको हो ।
शिविरको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ रातमाटे स्थित मण्डली आधारभूत विद्यालयमा एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष दनैले सम्पूर्ण जातजातीको भाषा, संस्कार संस्कृतिको संरक्षणको लागि पालिकाले सहयोग गर्ने बताउनुभयो ।
३ महिने भाषा शिविरमा सक्रिय सहभागीता जनाई भाषाको पूर्णरुपमा ज्ञान आर्जन गर्न नसकेता पनि आफ्नै भाषामा परिचय दिन सक्ने सम्म भएको पनि बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
गुरुङ जातीको भाषा, संस्कार संस्कृति झल्कीने गरि काम गर्न अनुरोध गर्दै अध्यक्ष दनैले ज्वालामुखी गाउँपालिकामा गुरुङ होम स्टे संञ्चालन गर्न पनि सुझाव दिनुभयो ।
‘जुन होमस्टेले समग्र गाउँपालिकाको परिचय दिन सकोस अध्यक्ष दनैले भन्नुभयो,‘होम स्टे संञ्चालनको लागि पालिकाले आवश्यक सहयोग गर्न तयार छ ।’ गुरुङहरुको भाषा संस्कार संस्कृतिको लागि अहिलेको बजेट प्रयाप्त नभएपनि गुरुङ समुदायको क्रियाशिलतालाई हेरेर आगामी वर्षहरुमा बजेट थप गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका अध्यक्ष शंकर बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दनैको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय सदस्य गणेश गुरुङ, बागमती प्रदेशका उपाध्यक्ष तुलबहादुर गुरुङ, तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका पूर्वअध्यक्ष गोपाल गुरुङ, तमूस्यो ह्यूल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका अध्यक्ष जमुना तमूस्यो, पूर्वअध्यक्ष शान्ती माया तमूस्यो, नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष रेखबहादुर गुरुङ लगायतले यो शिविरलाई अवसरका रुपमा लिन आग्रह गरेका थिए ।

३ महिनाको समय अवधीमा समय समयमा अनुगमन पनि हुने भन्दै यो अवसरको सहि सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गरेका छन्।
कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न राजनितिक दलका पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन पूर्व भूपू सैनिक संघ धादिङको नौमतीबाजा सहित ¥यालीको आयोजना गरिएको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |