

काठमाण्डौ । चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यही चैत २७ गतेदेखि हङकङमा शुरु हुने शृङ्खलामा नेपाल, हङकङ, कतार र कुवेतले शृङ्खला खेल्न लागेका हुन् ।
पहिलो खेलमा नेपालले कतारसँग चैत २७ मा खेल्नेछ।त्यस्तै चैत २८ मा कुवेतसँग र चैत ३० मा घरेलु टोली हङकङसँग खेल्नेछ।
फाइनल र तेस्रो स्थानका लागि चैत ३१ मा खेल हुनेछ ।
क्यानले हिजो रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट सकिएसँगै क्यानले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
टोलीमा पूर्वकप्तान सन्दीप लामिछाने र अनिलकुमार साह समेटिएका छैनन् । दुवै इन्जुरीबाट रिकभर हुने क्रममा रहेकाले टोली बाहिर राखिएको बुझिएको छ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु रोहित पौडेल (कप्तान), आसिफ शेख, किरण ठगुन्ना, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, अर्जुन घर्ती, कुशल मल्ल, दीपेन्द्र रावत, कुशल भुर्तेल, शहाब आलम र विवेक यादव रहेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |