

धादिङ । गजुरी गाउँपालिका-५ गलौदीमा तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव जारी रहेको छ।
जिल्ला होटल संघ धादिङको आयोजना तथा हिमालयन बियरको मुख्य प्रायोजनमा बिहिबारदेखी त्रिशुली किनार र पृथ्वी राजमार्गको विचमा रहेको गलौदी खेल मैदानमा महोत्सव जारी रहेको छ।
गजुरी गाउँपालिका संरक्षक रहेको महोत्सवको आज चौथो दिन हो । महोत्सवमा खुलेआम जुवा खेलाइएको छ।
रमाइलो खेल, लक्की सेभेन डट गेम लगायत नाम दिएर विभिन्न प्रकारका जुवाका खेलहरु खेलाइएको छ।यसतर्फ न आयोजकले ध्यान दिए, न त संरक्षक गजुरी गाउँपालिका नै बोलेको छ ।
स्थानीय प्रशासन समेत मौन रहेको छ ।रैथाने नाम दिएको महोत्सवमा स्थानीय उत्पादनहरु भेटिदैनन् । तर महोत्सवलाई व्यापार मात्र बनाइदा महोत्सवमा खुलेआम जुवा खेलाइएको छ।
महोत्सवमा यस्ता प्रकारका जुवा खेलाउन नपाइने धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो।उहाँले भन्नुभयो, ‘महोत्सव भित्र जुवातास खेलाउन र जाँड रक्सी विक्रि वितरण गर्न पाइदैन,हामी तत्काल रोक्छौं ।’





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |