

काठमाण्डौ । केही दिन यता वायु प्रदूषण फैलिरहेको छ।आज पनि काठमाण्डौ प्रदूषित शहरको सूचीमा विश्वको दोस्रो नम्बरमा छ।
तीन दिनयता वायु गुणस्तर अनुगमन प्रणालीले काठमाण्डौका विभिन्न ठाउँमा अति हानिकारक वायुको गुणस्तर सूचक (एक्युआई) दुई सयभन्दा माथि देखाइरहेको छ ।
सूचक घटबढ भइरहन्छ।आज बिहान ७ बजे आसपास ‘आईक्यू एअर’को तथ्याङ्कमा दुई सय ४९ एक्युआईसहित उच्च प्रदूषित शहरको सूचीमा काठमाण्डौ विश्वकै दोस्रो नम्बरमा परेको हो ।
एक्युआई ५० सम्म राम्रो, ५१ देखि एक सय मध्यम, एक सय एकदेखि एक सय ५० संवेदनशील समूहका लागि अस्वस्थ र त्यसमाथि दुई सयसम्म अस्वस्थ, दुई सय एकदेखि तीन सय निकै अस्वस्थ तथा त्यसभन्दा माथि खतरनाक तहमा पुगेको सङ्केत मानिन्छ।
मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने गरी वायु प्रदूषण बढ्दो छ । पछिल्ला केही दिनयता प्रदूषणबाट जनजीवन प्रभावित बन्न थालेको भन्दै वातावरण विभागले सचेत हुन आग्रहसमेत गरेको छ ।
सुक्खा मौसममा डढेलो लाग्ने दर उच्च हुँदा वायु प्रदूषण बढेको विभागका उपमहानिर्देशक सैलेशकुमार झाले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |