

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ७ हिटीमा एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको छ।
स्थानीय नागरिकहरुलाई घरआँगनमै सेवा दिने उद्धेश्यले मंगलबार एक दिने एकिकृत घुम्ती शिविर सन्चालन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद रिजालले जानकारी दिनुभयो।
शिविरमा स्वास्थ्य परिक्षण तथा औषधी वितरण,जेष्ठ नागरिक परिचय पत्र वितरण,अपाङ्गता परिचयपत्र वितरण,गोवर परिक्षण,एन्टिरेबिज सेवा,पशु बिरामीलाई औषधी वितरण सेवा र आयुर्वेद सेवा प्रवाह गरीएको थियो ।
शिविरमा २६६ जनाको स्वास्थ्य परिक्षण,१३५ जनालाई औषधी वितरण,३३ जनाको खकार परिक्षण,४८ जनाको सुगर जाँच,५० जना महिलाको भिआईए परिक्षण,११३ जनाको आँखाको परिक्षण,८० जनालाई औषधी वितरण,७ जनाको मोतियाविन्दुको समस्या देखिएको थियो ।
यसैगरी १४६ जनाले आयुर्वेद सेवा लिएका छन् भने जेष्ठ नागरिक परिचय पत्र वितरण १० जनालाई वितरण गरीएको छ।

शिविरमा कृषि विउविजन वितरण १२१ जना,रोजगार परामर्श तथा कानुनी सेवा ६८ जनाले लिएका छन् ।
भेटेरिनरी तर्फ ११६ जना किसानले सेवा लिएका छन् , जसमा एन्टिरेबिज भ्याक्सीन ७ वटा कुकुरलाई लगाईएको,गोवर परिक्षण १० वटा पशुको गरिनुका साथै १९९० पशुपंक्षिको औषधी वितरण गरीएको नगरपालिकाले जनाएको छ ।
एकिकृत घुम्ती शिविरमा नगरपालिकाबाट प्रवाह हुने सम्पुर्ण सेवा प्रदान गरिएको थियो ।
नीलकण्ठ नगरपालिकाका नगर उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविरमा गाउँमै सम्पुर्ण सेवा पाएपछि स्थानीयहरु खुसि भएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |