

धादिङ। धादिङ अस्पतालमा हेमो डायलासिस सेवा प्रभावकारी बनेको छ।
धादिङ अस्पतालले तीन सिफ्टमा हेमो डायलासिस सेवा सञ्चालन गर्दै बागमती प्रदेशमा यो सेवा सबैभन्दा बढी प्रभावकारी बनाएको छ।
यस सेवाले जिल्लाभित्रको बिरामीलाई महँगो उपचारबाट बचाएको मात्र होइन, स्वास्थ्य सेवा पनि सबैका लागि पहुँचमा पुर्याएको छ।
काठमाण्डौ गएर महँगो शुल्क तिरेर डायलासिस गर्नुपर्ने बाध्यता हटेसंगै सेवाग्राहीहरु खुसी भएका छन् । किड्नीका बिरामीहरूका लागि ठूलो राहत पुगेको सेवाग्राहीहरुले प्रशंसा गरेका छन्।
अस्पतालको श्रोतसाधनबाट यस्तो सेवा प्रदान गरिने भएकाले यसले एक सय बेडको अस्पतालमा धेरै बिरामीलाई नियमित डायलासिस सेवा उपलब्ध गराएको छ।
हाल २२ जना बिरामी नियमित डायलासिस सेवा लिइरहेका छन् भने २२ जना अझै प्रतिक्षामा छन्।
तालिमप्राप्त जनशक्तिको अभाव र डायलासिस मेसिनको कमीका बाबजुत, अस्पतालले ६ बजे बिहानदेखि राति १० बजेसम्म तीव्र सेवा प्रदान गर्दै आएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्षमा राधिका सापकोटाले बताउनुभयो ।
दैनिक छ सय भन्दा बढी बिरामी आपतकालीन सेवामा आवद्ध छन्।
अस्पतालले अन्य सेवाहरू जस्तै सुत्केरी सेवा र विशेषज्ञ उपचार पनि चलाउँदै आएको छ।अस्पतालले पाठेघर खस्ने समस्याको निशुल्क सल्यक्रिया शिविर पनि सञ्चालन गरेको छ, जसले महिलाहरूलाई ठूलो राहत पुर्याएको छ।
काठमाण्डौमा ६० हजारदेखि ८० हजारसम्म खर्च पर्ने यो सल्यक्रिया सेवा धादिङ अस्पतालमा निशुल्क उपलब्ध गराइएको हो। यसले बिरामीलाई ठूलो आर्थिक बचत गर्न मद्दत गरेको छ।
साथै, अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध बिरामीहरूको उपचार सेवा पनि सञ्चालन गरिरहेको छ, जसबाट बिरामीहरूले भरपूर फाइदा लिइरहेका छन्।
अपेन्डेक्टोमी, हर्निया रिपेयर, हाइड्रोसील अपेरेशन, सिजेरियन अपेरेशन र हाडजोर्नीका शल्यक्रिया लगाएतको सेवा विस्तार गर्दै गईरहेको छ।
अस्पतालका निमित्त अस्पताल निर्देशक गगन अधिकारीले अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्दै आएको र थप परिस्कृत सेवा प्रवाह गर्ने बताउनुभएको छ ।
वि.सं २०३३ मंसिर २६ गते धादिङ हेल्थ सेन्टरको रुपमा स्थापना भएको धादिङ अस्पताल वि.सं २०४५ सालमा १५ शैयया, वि.सं २०७६ मा ५० शैयया र वि.सं २०८० पौष ३ गते सय शैययामा स्तरोन्नति भएको थियो ।
जिल्लामा रहेको एकमात्र प्रादेशिक अस्पताल धादिङ अस्पतालमा हाल आइसीयु, हेमोडायलाइसिस, आकस्मिक, ओपिडी,प्रसूति, शल्यक्रिया, फिजियोथेरापी, प्रयोगशाला, फार्मेसी, एक्सरे, भिडियो एक्सरे, एआटी, ओसिएमसी, एसएनसियु सेवा बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन र एमडीजीपी सहितको विशेषज्ञ ओपिडी सेवा प्रवाह गरिरहेको छ ।
अस्पतालमा अहिले बिशेषज्ञ चिकित्सक,मेडिकल अधिकृत,चिकित्सक र अन्य सेवाका गरी एक सय ५० भन्दा बढि कर्मचारी कार्यरत रहेका अस्पतालका निमित्त निर्देशक डा.अधिकारीले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |