

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-१ खैरघारीमा कार र ट्रक एक आपसमा ठक्कर खादा पाँच जना घाइते भएका छन् ।
काठमाडौबाट चितवनतर्फ जाँदै गरेको B AD १३७७ नम्बरको कार र विपरित दिशाबाट आउदै गरेको म.प्र.०३-००२ ख १७३३ नम्बरको ट्रक एक आपसमा ठोक्किदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो।
दुर्घटनामा परि घाइते हुनेहरुमा नवलपरासी देबचुली गाउँपालिका-३ का ३६ वर्षिय प्रदिप न्यौपाने, १० वर्षिय प्रक्षेप न्यौपाने र पाल्पा गनासकाली गाउँपालिका-२ का २९ वर्षिय रामहरी गैरे रहेका छन् ।
उनिहरुलाई काठमाडौं रेफर गरिएको छ।
यस्तै घाइते काभ्रेपलाञ्चोक पनौति नगरपालिका-८ का २७ वर्षिय सुवोद बञ्जारा र कञ्चनपुर पुनर्वास नगरपालिका-८ का ३३ वर्षिय मुनि राज उपाध्यायको सिम्ले स्थित राजु मेडिकलमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो।
दुवै सवारी र चालकहरु प्रहरीको नियन्त्रणमा रहेको उहाँले बताउनुभयो।
ओभर स्पिडका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको र अनुसन्धानकै क्रममा रहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |