

काठमाण्डौ । वायु प्रदूषण बढेका कारण अनावश्यक यात्रा र बिहानी हिँडाइ नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले विज्ञप्ति निकालेर बाहिर यात्रा गर्नैपरेमा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहन भनेको छ।
काठमाण्डौलगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ।वायुको अवस्था मापन गर्ने आईक्यू एअरको तथ्याङ्कअनुसार आज बिहान काठमाण्डौको एअर क्वालिटी इन्डेक्स ३५६ छ।
एक्यूआई ५० सम्म स्वस्थकर, १०१ देखि १५० सम्म सामान्य जोखिम, १५१ देखि २ सयसम्म अस्वस्थकर, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ।
काठमाण्डौ आज विश्वकै प्रदूषित शहरमध्ये दोस्रोमा परेको छ । आज सबैभन्दा धेरै प्रदुषण इराकको बगदाद रहेको छ । त्यहाँ आज बिहान एक्यूआई ११ सयभन्दा माथि पुगेको थियो ।
अहिले भने त्यहाँको एक्यूआई ६०७ पुगेको छ।पछिल्लो केही दिनदेखि काठमाण्डौमा प्रदूषण बढ्दा अस्पतालहरुमा बिरामीको चाप बढेको छ ।
वायु प्रदूषणका कारण बालबालिका, गर्भवती, दीर्घरोगी, र जेष्ठ नागरिकहरू बढी जोखिममा पर्ने गरेका छन् ।
मन्त्रालयले वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, र घाँटीलगायतका अङ्गहरूमा गम्भीर असर पार्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन सुझाव दिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |