

धादिङ। धादिङको सिद्धलेक गाउँपालिका-२ स्थित नलाङ ठाँटिभञ्ज्याङमा देबराज अछामीको घरमा अज्ञात व्यक्तिले आगो लगाई दिएको छ।
गए राति करिब १२:३० बजेको समयमा घरमा अज्ञात समूह या व्यक्तिले आगजनी गरेको अछामीले बताउनुभयो।
आगजनीबाट कच्ची घरको आधा भाग जलेको छ भने खाद्यान्न, काठका फर्निचर, घरायसी सामान भाँडाकुँडा, लत्ताकपडा जलेर नष्ट भएको छ ।
आगो १:१५ बजे नियन्त्रणमा आएको अछामीले बताउनुभयो।सो घटनामा एक लाख बराबरको क्षति भएको अछामीले बताउनुभयो।
रातको समयमा सबै जना सुतेको मौका छोपी कसैले पूर्वाग्रहको कारण आगजनी गरेको हुनसक्ने अछामीको अनुमान छ।
आगलागीबाट क्षति भएको घरको केही तस्विरहरु :






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |