

पोखरा ।पोखरा महानगरपालिका वडा नं १७ को विरौटामा ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा हाल श्रीमद्भागवत कथा प्रवचनको कार्य सञ्चालन भइरहेको छ।
बैशाख १७ गतेबाट सञ्चालन हुने कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा हाल सञ्चालित श्रीमद्भागवत कथा प्रवचनको कार्य गत चैत्र २९ गतेबाट सुरु भएको हो।
बाल विदुषी अनुराधा पाण्डेयले विगत ६ दिन देखी संगितमय श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छिन् ।
यसैविच उनको कथा प्रवचन आज समापन हुदै छ । अनुराधा पाण्डेयलाई आज यस कोटिहोम महायज्ञबाट विदाई गर्ने कार्यक्रम रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ।
संगसंगै आज नै चर्चित कथा वाचिका श्रीमद्भागवत कथा प्रवक्ता देवी प्रतिभाको आगमन हुने आयोजकले जनाएको छ।
बिहान ठीक १० बजे देखी अनुराधा पाण्डेयले कथा प्रवचन गर्ने कार्यतालिका रहेको दिउँसो २ बजे देवी प्रतिभालाई पोखराको बिरौटामा स्वागत गर्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |