

काठमाण्डौ । कक्षा १२ को परीक्षा नसरेको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ।
सामाजिक सञ्जालमा शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै भ्रामक सूचना आएका भन्दै बोर्डले परीक्षा नसरेको जनाएको छ।
यही वैशाख ११ गतेदेखि सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बोर्डले चेतावनी दिएको छ।
बोर्डले परीक्षाको वातावरण बनाउन सबैमा अनुरोधसमेत गरेको छ । साथै परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न शिक्षक, अभिभावक एवम् प्रधानाध्यापकलाई बोर्डले अपील गरेको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |