

धादिङ । धादिङको गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसमा पुस्तकालय भवनको शिलान्यास गरिएको छ।
शुक्रबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं संघिय सांसद राजेन्द्र प्रसाद पाण्डेले भवनको शिलान्यास गनुभएको हो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सांसद पाण्डेले पुस्तकालय भवन निर्माण पश्चात क्याम्पसमा अध्ययनरत विद्यार्थी लक्षित मात्र नभई समुदायको पहुँचमा रहने गरी पुस्तकालय निर्माण गर्ने अभिष्ट रहेको बताउनुभयो।
अहिलेको समयमा पछिल्लो पुस्तामा पठन संस्कृतिप्रति देखिएको विकर्षणका कारण आधुनिक पुस्तकालय निर्माण गरी खोज तथा अनुसन्धानको केन्द्र बनाउने र खोजमुलक पठन संस्कृतिप्रति समुदायलाई पनि सूसुचित गराउने ध्येयले यस पुस्तकालय भवन निर्माण शुरु गरिएको बताउनुभयो।
२०८२ साल असार २० मा निर्माण कार्य सम्पन्न गर्ने गरी सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको भवनको रोमन एण्ड रीता इन्जिनियरिङ कन्स्ट्रक्सन प्रा.लि. ठेक्का पाएको क्याम्पस प्रमुख मुक्तिकला लामिछानेले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |