

पोखरा । पोखराको विभिन्न शहरमा भोलि बृहत् मोटरसाइकल र्याली आयोजना हुँदै छ ।
मानवसेवा फाउण्डेशनद्वारा आयोजित श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले भोलि बैशाख १३ गते शनिबार बिहान बृहत् मोटरसाइकल र्याली आयोजना हुने भएको हो।
र्याली पोखराको बिरौटास्थित कोटिहोम स्थलबाट सुरु भई शहरका विभिन्न भाग हुँदै पुनः बिरौटामा सम्पन्न हुने आयोजकले जनाएको छ ।
यसअघि बैशाख ११ गते बृहत् साइकल र्याली र बैशाख १२ गते बृहत् ट्याक्सी र्याली भव्य रूपमा सम्पन्न भएको थियो।
साइकल र्यालीमा सयौं स्थानीयले उत्साहपूर्ण सहभागिता जनाएका थिए भने ट्याक्सी र्यालीले पोखराको सडकमा धार्मिक र सामाजिक एकताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।
ट्याक्सी र्याली बिरौटाबाट सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै बिरौटामा समापन भएको थियो।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले मोटरसाइकल र्यालीले पनि साइकल र ट्याक्सी र्यालीले जस्तै सामाजिक एकता र धार्मिक जागरणको सन्देशलाई पोखरावासीमाझ पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
“यी र्यालीहरूले महायज्ञको महत्वलाई जनजनसम्म पुर्याउनुका साथै पोखरेली समाजमा एकताको भावना जागृत गरिरहेका छन्,” उहाँले भन्नुभयो।
महायज्ञको प्रचारका लागि फाउण्डेशनले बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली र बैशाख १६ गते बृहत् कशलयात्रा आयोजना गर्ने तयारी गरेको छ।
बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने यो महायज्ञ पोखरालाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित आयोजना गरिएको हो।
आयोजक समितिले मोटरसाइकल र्यालीमा सहभागी हुन सम्पूर्ण पोखरेली, धार्मिक संघ–संस्था, युवा समूह र स्थानीयवासीलाई हार्दिक आह्वान गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |