

धादिङ,१७ कात्तिक ।
धादिङ क्षेत्र नं २ का नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार खेम लोहनीले सत्ता गठबन्धन देशको लागि भारिबोध भएको बताउनुभएको छ ।
बिहिबार एमाले र राप्रपाको संयुक्त चुनावी अभियान अन्तर्गत रुवीभ्याली गाउँपालिका–४ सेर्तुङको चालिसेमा भएको सभामा बोल्दै लोहनीले सो कुरा बताउनुभएको हो ।
सत्ता गठबन्धनले राम्रो काम गर्न नसक्ने, अहिले पनि नगरेको र भविष्यमा पनि गर्न नसक्ने, जनतालाई सुख, सुबिधा केही पनि दिन नसक्ने भन्दै लोहनीले गठबन्धनलाई मंसिर ४ को निर्वाचन पछि पन्छाउनु पर्ने बताउनुभयो ।जितलाई निश्चित गर्नको लागि एमाले र राप्रपा बिच तालमेल भएको भन्दै लोहनीले गाउँ ठाउँको विकासको लागि एमाले–राप्रपाका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ ।
लोहनीले पहिलेको निर्वाचनमा तिप्लिङसम्म बाटो पुराउने गरेको बाचा अनुसार हाल तिप्लिङसम्म नै बाटो पुगेको बताउनुभयो । धादिङबेशी साङकोष तिप्लिङ सडक मेरो पाँच बर्षे कार्यकालको महत्वपुर्ण काम भएको र यसलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
कार्यक्रममा राप्रपाबाट प्रदेश सासद उम्मेदवार डम्बर तामाङले धादिङमा एमाले र राप्रपाबिच चुनावी तालमेल भएको र आफु स्थानिय उम्मेदवार भएकाले आफ्नो गाउँ ठाउँको विकास गर्ने र स्थानीयस्तरमा जनताका समस्या र पीरमर्कामा साथमा रहन सक्ने उम्मेदवारलाई मत दिन मतदाताहरुसंग अनुरोध गर्नुभयोे ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |