

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायहरुमा लम्पी स्किन र अफ्रिकन स्वाईन फिवर देखापरेको भन्ने संचार माध्यममा आएको समाचार प्रति ध्यानाकर्षण भएको जनाउदै रोगको वस्तुगत अवस्थिती अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकायहरुलाई परिचालन गरिएको जनाएको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा वसेको सम्वन्धीत अधिकारीहरुको वैठकले पशु सेवा विभाग अन्तरगतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालय अन्र्तगतका सम्बन्धि अधिकृत र स्थानीय तह समेतको सहभागितामा टोली गठन गरि तत्काल रोग देखा परेका क्षेत्रमा परिचालन गर्ने निर्णय भएको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।
रोगको वस्तुस्थितीको दैनिकरआबधिक रिपोटिङ्ग पशु सेवा विभागले मन्त्रालयका पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा।तपेन्द्र प्रसाद वोहोरालाई गराउने गरि फोकल पोइन्ट तोकिएको पनि मन्त्रालयले जनाएको छ ।
बैठकले वर्षायामको सुरुवात हुने क्रमसँगै देखा पर्न सक्ने लामखुट्टे लगायतका किराहरुवाट सर्ने पशुको रोगहरुको जोखिमलाई आकलन गरी रोग नियन्त्रण र खोप कार्यका लागि आवश्यक पर्ने खोप सहितका आवश्यक वस्तु र परिश्रमीक समेतको लागत तयार गरी रोग नियन्त्रण कार्य तिनवटै तहका सरकारको सहभागीतामा हुने गरी परिचालनका लागि स्रोत व्यवस्थापन समेतको आँकलन गर्न पशु सेवा विभागलाई निर्देशन दिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |